• Close

SETOPATI POST - 2024

डिजाइन कपी हुन थालेपछि 'राइनो लेदर'ले दर्ता गर्‍यो ट्रेडमार्क 

ज्याकेट तथा ब्यागको डिजाइन कपी हुन थालेपछि नेपाली ब्राण्ड 'राइनो लेदर'ले डिजाइन दर्ता गराएको छ।

विभिन्न कम्पनीले हेर्दा राइनो लेदरको जस्तै उत्पादन बजारमा ल्याएपछि बाध्य भएर डिजाइनहरूको ट्रेडमार्क दर्ता गर्नु परेको राइनो लेदरकी निर्देशक अलिशा शाहले जानकारी दिइन्।

'हामीले उच्च गुणस्तरको 'ए' ग्रेड लेदरको प्रयोग गरेर डिजाइनरको सहयोगमा उत्पादन बजारमा ल्याउछौं र केही कम्पनीले हाम्रो डिजाइनको नक्कल गरेर कमसल सामान बजारमा ल्याइरहेका छन्। त्यही कार्य रोक्न उद्योग विभागमा ट्रेडमार्क दर्ता गराएका हौं,' उनले भनिन्।

हालसम्म करिब ४० भन्दा धेरै डिजाइन दर्ता गरिएको उनले बताइन्।

फेरि पनि कसैले राइनो लेदरको डिजाइन कपी गरेर सामान बजारमा ल्याए कानुनी प्रक्रियामा जाने उनले चेतावनी दिइन्।

यदी कसैले यस्तो कार्य गरेमा पेटेण्ड डिजाइन र ट्रेडमार्क एन २०२२ अन्तर्गत वस्तु जफत र ५ लाखसम्म जरिवाना हुन सक्ने कम्पनीले जनाएको छ।

READ MORE